नेपाल प्रहरीका ५ जना डिआइजीमा बढुवाका लागि सिफारिस, विश्व अधिकारी छुटे
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
उनीहरूभन्दा वरियतामा अगाडि रहेका विश्व अधिकारीलाई बढुवामा छुटाइएको छ। अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख थिए। सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।
Facebook Comments