विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ff20cf61a06.jpg

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । नेकपाले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा जनतामाझ पुर्याउन सभा गर्न लागेको हो । 

सभामा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ । नेकपाले सभा अगाडि र्‍याली निकाल्ने भएको छ। सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कम्तिमा १० हजार कार्यकर्ता उतार्ने तयारी छ ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेपछि प्रदर्शन र सभा गर्ने बताइएको छ।

 


Facebook Comments