अधिवक्ता स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा लामो बयान, भोलि पनि थप सोधपुछ हुने
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले अधिवक्ता स्वागत नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको छ । साइबर अपराधको आरोप लागेपछि आइतबार भोटाहिटी पुगेका नेपाललाई प्रहरीले ६ घण्टासम्म बयान लिएको थियो ।
प्रहरीले बयानका क्रममा उनीमाथि लागेको आरोपका बारेमा सोधपुछ गरेको थियो।आज बिदा परेकाले मंगलबार थप सोधपुछका लागि बोलाइएको समेत प्रहरीले जनाएको छ ।
नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन । प्रहरीले गत सोमबार नै फोन गरेर नेपाललाई तिहारपछि साइबर ब्यूरोमा उपस्थित हुन भनेको थियो । तिहारपछि आउनु भनेपनि उनलाई काठमाडौं बाहिर नजान भनिएको थियो ।
पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन्। १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिदैँन भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना गरेका थिए।
Facebook Comments