हेटौंडामा पटका पड्काउँदा बालक घाइते
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
हेटौंडा । हेटौंडामा छठ पर्वको अवसरमा पटका पड्काउने क्रममा एकजना बालक घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१० टिसियन रोडका समसादका १४ वर्षीय छोरा सोगिर सदा रहेका छन्। सोमबार साँझ करिब ४ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ मा साथीहरूसँग खोलाको किनारमा खेल्ने क्रममा पटका पड्किँदा उनको खुट्टाको छाला जलेको प्रहरीले जनाएको छ।
घटनापछि पूजा व्यवस्थापन समितिले एम्बुलेन्स बोलाए पनि समयमा नआएपछि प्रहरीले घाइते बालकलाई स्कुटरमार्फत हेटौंडा अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचारपछि बालकलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालक घाइते भइसकेपछि पनि प्रहरीले छठघाट वरपर पटका पड्काउने कार्य नियन्त्रण गर्न नसकेको स्थानीयले गुनासो गरेका छन्।
Facebook Comments