जनकपुर पुगेर गृहमन्त्रले भने– निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुहोस्
शान्ति सुरक्षाको व्यवस्था पूर्ण रुपमा गरिने
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गासागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे ।
साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रुपमा गरिने प्रतिबद्धता जनाए । उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबीच आपसी सद्भाव कायम गरेको बताए । “यसको दिनप्रतिदिन गरिमा र महत्व बढ्दै गएको छ”, उनले भने ।
Facebook Comments