उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएराति सिंगापुर गएका छन् । सोमबार राति ११ः५ बजे सिंगापुर एयरलाइन्समार्फत उनी पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । कुटपिटबाट देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए। पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा केही दिनदेखि नै स्वास्थ्य लाभ गरिरहेका थिए।
Facebook Comments