कार्यालयबाट घर फर्किने क्रममा दुर्घटनामा परेकी सूर्योदय नगरपालिकाकी कर्मचारीको मृ*त्यु

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900777639e2f.jpg

इलाम । दुर्घटनामा परेर इलामको सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रुपा राईको निधन भएको छ ।

गत शनिबार कार्यालयबाट घर फर्किने क्रममा उनी चढेको अटोलाई पिकअप भ्यानले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनले विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

शनिबार बिदा भए पनि उनी विपद‍्को कामलाई सहजीकरण गर्न कार्यालय गएकी थिइन । दुर्घटनामा घाइते भएकी राईलाई विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यहाँबाट उनलाई आइतबार घर फर्काइएको थियो । उनलाई फेरि फिक्कल अस्पतालमा पुनः परीक्षण गर्दा न्युरो अस्पताल लैजान सुझाइएपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । 


Facebook Comments