सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

राजविराज । सप्तरीमा आज छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छठ पर्वमा आज उदाउँदो सूर्यलाई अघ्र्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा मृत फेला पारिएको थियो । 


Facebook Comments