ठगी प्रकरणमा मुछिएका एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । ठगी प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । उजुरी परे पनि उनी सत्ताको आडमा जोगिँदै आएका थिए।
२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए।
Facebook Comments