मधेसका मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/690198440b539.jpg

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले एक÷दुई दिनभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री सोनलले आज (बुधबार) दिउँसो सरकारलाई समर्थन गर्ने गठबन्धन दलको बैठक जनकपुरमा बोलाएका छन् ।

मुख्यमन्त्री सोनलले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिएका छन् । उनले प्रदेशसभामा रहेका कांग्रेस र एमालेसहित सबै दललाई सहकार्य र समन्वयका आधारमा विश्वासको मत दिन आग्रह गरेका छन् ।

असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलले तिहार र छठ पर्वका कारण मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । हाल जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल मन्त्री छन् । तर उनीहरूको मन्त्रालय तोकिएको छैन ।

गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई २–२ वटा मन्त्रालय दिने सहमति छ । मुख्यमन्त्री लोसपाबाट भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ ।

जनमत पार्टीमा आएको विभाजनले विश्वासको मत प्राप्त गर्न समस्या आउन सक्ने आशंका गरिए पनि मुख्यमन्त्री सोनलले त्यसले सरकारलाई अप्ठ्यारो नपर्ने दाबी गरेका छन् ।


Facebook Comments