सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6901960386fb0.jpg

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार, काठमाडौंबाट उद्धारका लागि लुबुचे पुगेको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा यात्रुहरू भने थिएनन् ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार, दुर्घटनालगत्तै हेलिकप्टरका पाइलटको सकुशल उद्धार गरिएको छ ।


Facebook Comments