हिमपातमा फसेका १५ सय जनालाई सेनाले गर्यो उद्धार
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं । मनाङका विभिन्न क्षेत्रमा भएको भारी हिमपातमा फसेका करिब १५ सय जना को नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक मुख्यालयका अनुसार, मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकामा फसेका २०० विदेशी पर्यटकसहित १५ सय नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सम्पन्न गरेको हो ।
Facebook Comments