आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6901a89cb979b.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज (बुधबार) पनि जारी रहेको छ । तिहारपछि बजार खुल्दादेखि नै सुनको मूल्य घट्दै आएको छ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार तोलाको रु २ लाख ३७ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ७०० ले घट्दै प्रति तोला रु २ लाख ३६ हजार ३०० कायम भएको छ । 

यसको विपरीत, आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । मङ्गलबार रु २ हजार ९२० कायम भएको चाँदीको मूल्य आज रु २ हजार ९६५ प्रति तोला पुगेको छ ।


Facebook Comments