जर्मनी सरकारद्वारा इलामका बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6901a6d4c8af7.jpg

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावित विपन्न वर्गलाई लक्षित गरी रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मन गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फ मार्फत उक्त सहयोग परिचालन गर्न संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेका हुन् ।

दूतावासका अनुसार, आगामी दुई महिनाभित्र स्थानीय समुदायसँगको सहकार्यमा बाढी प्रभावितहरूलाई सहायता सामग्री प्रदान गरिनेछ ।

जर्मनीले गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई रु १ करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।


Facebook Comments