तेस्रो कार्यकाल अस्वीकार ट्रम्पले भने– ‘संविधानले अनुमति दिँदैन, यो नराम्रो कुरा हो’

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6901bc0c27cdb.jpg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानले तोकेको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन् ।

अमेरिकाको संविधानको २२औँ संशोधनअनुसार राष्ट्रपति अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सक्छन् । ट्रम्पले भने, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन। यो साँच्चै निकै नराम्रो कुरा हो ।”

सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरेका ट्रम्पले हालै दोस्रो कार्यकाल सुरु गरेका थिए । उनका समर्थकहरूले निरन्तर तेस्रो कार्यकालका लागि आग्रह गर्दै आएका छन्, जसलाई उनले अस्वीकार गरे ।

अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि संविधानको २२औँ संशोधनलाई व्याख्या गर्दै, ‘तेस्रो कार्यकालका लागि वैधानिक बाटो नदेखिएको’ बताएका छन् । संविधान संशोधनको प्रक्रिया निकै लामो र अहिले असम्भवजस्तै भएको उनको भनाइ छ ।

पूर्व सल्लाहकार स्टिभ बेनन लगायतबाट तेस्रो कार्यकालबारे चर्चा चलिरहेको भए पनि ट्रम्पले सार्वजनिक रूपमा संविधानको सीमा स्वीकार गर्दै सन् २०२८ मा उम्मेदवारी नदिने अठोट प्रष्ट पारेका छन् ।


Facebook Comments