राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
१८ पदमा मतदान हुने
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । सरकारले राष्ट्रिय सभाका रिक्त हुन लागेका पदहरूका लागि निर्वाचन मिति तय गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते आइतबार राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सो जानकारी गराए ।
२०७६ सालको निर्वाचनबाट आएका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदैछ । तीमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसैअनुसार सरकारले मिति तोकेको हो ।
Facebook Comments