राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ramchandra-paudel.jpeg

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा हुने कतारको औपचारिक भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेल कात्तिक १७ गतेदेखि २० गतेसम्म कतार भ्रमणमा रहनेछन् ।

उनी कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’ विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।


Facebook Comments