जेन–जी जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध कारण देखाऊ आदेश जारी
विपक्षीलाई छलफलका लागि झिकाउने
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
रिट निवेदक अधिवक्ता ढकालले आयोगका पदाधिकारीहरूमाथि जाँचबुझको विषयवस्तुबारे सार्वजनिक धारणा राखेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका थिए ।
रिटमा पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहरहित काम हुन नसक्ने जिकिर गर्दै अन्तरिम आदेशमार्फत काम गर्न रोक्न माग गरिएको थियो ।
अदालतले विपक्षीहरूलाई छलफलका लागि झिकाउने आदेश पनि जारी गरेको छ ।
Facebook Comments