नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ कराेडको कारोबार
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक आज ५.१७ अङ्कले घटेर २,५६६.१६ विन्दुमा कायम भएको छ ।
आज ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर रु ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन २.१५%, जलविद्युत् ०.०१%, लघुवित्त ०.१३% र व्यापार २% समूहको उपसूचक बढेको छ ।
बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बिमा र अन्य समूहको उपसूचक घटेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको रु २३ करोड ६५ लाख २९ हजार १४३ बराबरको सर्वाधिक कारोबार भयो । सर्वाधिक ६ लाख १४ हजार ५९ कित्ता शेयर प्रभु बैंक लिमिटेडको किनबेच भएको छ ।
Facebook Comments