काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेको रिट खारेज, निलम्बन यथावत
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।
न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश स्वतः निष्कृय भएको छ ।
६ महिनाका लागि निलम्बन परेका पाण्डेको रिट खारेजीसँगै उनी पुनः निलम्बन हुने देखिएको छ । उनको निलम्बनको ६ महिने अवधि मंसिर २० गतेसम्म छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भन्दै पाण्डेलाई जेठ २० गते निलम्बन गरेका थिए । निलम्बनविरुद्ध प्रशासकीय अधिकृत सरोज गुरागाई, कार्यवाहक प्रहरी बल प्रमुख बिष्णुजोशी लगायतलाई विपक्षी बनाएर पाण्डे उच्च अदालत गएका थिए ।
जेठ २६ गते उनले रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यान्वयन नगर्नु भनेको थियो । अदालतको आदेश पछि उनी काममा फर्किएका थिए । अहिले उच्च अदालतले अन्तरिम आदेश दिएको त्यही निवेदन खारेज गरेको हो ।
Facebook Comments