यूएईविरुद्ध रोहित पौडेलले बनाए शतक

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rohit.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको महत्त्वपूर्ण खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शानदार शतक प्रहार गरेका छन् ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा जारी खेलमा कप्तान रोहितले १२६ बलको सामना गर्दै आफ्नो व्यक्तिगत शतक पूरा गरेका हुन् । रोहित पौडेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट करियरमा यो दोस्रो शतक हो । यसले नेपाली टोलीको मध्यक्रमलाई बलियो आधार प्रदान गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको छ । कप्तान रोहितको यो धैर्यवान र महत्त्वपूर्ण पारीले नेपालले युएईलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

लिग–२ मा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएकाले यो खेलमा पहिलो जित निकाल्ने तीव्र दबाबमा छन् । यस्तो महत्त्वपूर्ण घडीमा कप्तानले बनाएको यो शतक नेपालका लागि निकै प्रेरणादायी बनेको छ ।


Facebook Comments