सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

कानुन व्यवसायीको अनुरोधमा रोकियाे पेसी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rabi-chhabi.jpg

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेसी जोशीका कानुन व्यवसायीको अनुरोधमा रोकिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

लामिछानेसहितका प्रतिवादीविरुद्ध रु. १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरे पनि जिल्ला अदालतले बिगोको हिस्सा यकिन नभएको भन्दै रिहा गर्न मानेको थिएन ।

पुर्पक्षका लागि लामिछाने ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा छन् ।


Facebook Comments