नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepal.jpg

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेलको शानदार शतकको मद्दतले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३३ रनमा अलआउट भएको हो । पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रन बनाए ।

खराब सुरुवातपछि आसिफ शेखले ३५ रन र आरिफ शेखले २७ रन जोडेर इनिङ्स सम्हालेका थिए । दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए ।

रोहितले आसिफ, आरिफ र दीपेन्द्रसँग गरेको क्रमशः ३५, ७० र ५४ रनको साझेदारी नेपालको इनिङ्सका लागि निर्णायक रह्यो ।

युएईका लागि जाहिद अलीले ४ विकेट र जुनइद सिद्धिकीले ३ विकेट लिए ।


Facebook Comments