सात दिनभित्र अतिक्रमिक जग्गा तथा संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

मापदण्ड विपरीतका संरचना नहटाए कार्बाही गर्ने चेतावनी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu_1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । शुक्रबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम दिइएको हो । 

महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार अतिक्रमित जग्गा खालि गराउन सूचना सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । 

अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

 


Facebook Comments