सुर्खेतमा छोराले गरे आमाको ह*त्या
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १७ घण्टा अगाडि
                             
                                                            सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिना टोलमा एक छोराले धारिलो हतियार (फरुवा) ले हानेर आफ्नै आमाको हत्या गरेका छन् ।
भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकला बस्नेतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए ।
कविरामले घरमा सुतिरहेकी आमा धनीकलाको टाउकोमा फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते धनीकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।
अस्पतालले शुक्रबार बिहान सवा आठ बजे उनलाई मृत घोषणा गरेको हो । हत्या गरेर भाग्दै गरेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, हालसम्म हत्याको कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments