पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १० घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १० घण्टा अगाडि
                             
                                                            मुग्लिन । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, आज बिहान ८ः४० बजे इच्छाकामना–५, तुइनखोला पुल नजिकै पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको थियो ।
सडक विभागको मेसिनको सहायताले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि सडकमा दुवैतर्फका सवारी साधनहरू चल्न थालेका छन् ।
प्रहरीले उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम कायमै रहेकाले यात्रुहरूलाई विशेष सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments