वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ९ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ९ घण्टा अगाडि
                             
                                                            कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ ।
हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए । पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ ।
“नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments