शीतल निवासमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/sital-niwas-aagjagi.jpg

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा बैतडीका १८ वर्षीय विशाल सिंह कार्की, १९ वर्षीय दीपक बोहरा र बझाङका १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरूमाथि जेन–जी आन्दोलनका क्रममा शीतल निवासमा तोडफोड गर्नुका साथै कार्यालयबाट सरसामान चोरी गरेको आरोप लागेको छ ।

प्रहरीले उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका विद्युतीय सामग्री बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जना युवाविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।


Facebook Comments