विदेशबाटै मतदानको व्यवस्था गर्न निर्वाचन आयोग तयार
ऐन संशोधनको तयारीमा गृह
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ८ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ८ घण्टा अगाडि
                             
                                                            काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकहरूले सम्बन्धित देशबाटै मतदान गर्न पाउने गरी प्रचलित निर्वाचन ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोगले सकारात्मक जवाफ पठाउने तयारी गरेको छ ।
गृह मन्त्रालयले मताधिकार सुनिश्चित गर्नका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन लगायत चार वटा ऐन संशोधन गर्ने मस्यौदा आयोगमा पठाएको छ ।
आयोगका अधिकारीहरूले कानुनी व्यवस्थामा आयोग सकारात्मक रहेको र ’सकारात्मक जवाफ नै पठाउँदै गरेको’ बताएका छन् । गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालका अनुसार, आयोगबाट जवाफ आएपछि थप छलफल गरेर ऐन संशोधन प्रक्रिया अगाडि बढ्नेछ ।
मतदान व्यवस्थापन, खर्च, कर्मचारी र सुरक्षाको विस्तृत योजना भने कानुनी प्रबन्ध भएपछि निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments