काठमाडौं महानगरद्वारा सामुदायिक कुकुर बन्ध्याकरण सुरु
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १५ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              १५ घण्टा अगाडि
                             
                                                            काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।
महानगरले यस कार्यका लागि पाँचवटा संघसंस्थासँग सम्झौता गरी महानगरका ३२ वटै वडामा कार्यदेश दिइसकेको छ । सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य व्यवस्थापन गर्नु र संख्या नियन्त्रण गर्ने महानगरको लक्ष्य छ ।
सम्झौताअनुसार संघसंस्थाहरूले जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा काम गर्नुपर्नेछ र रेबिज खोप तथा सर्जिकल सामग्री आफैँ खरिद गर्नुपर्नेछ । महानगरले प्रति जनावर बन्ध्याकरण तथा खोपको दर २ हजार ५ सय रुपैयाँ तोकेको छ ।
बन्ध्याकरण वा खोप नगरी गलत दाबी गरेमा प्रति जनावर १ लाख रुपैयाँ जरिवाना र संस्था दर्ता खारेज गर्नेसम्मको सर्त राखिएको छ ।
कृषि तथा पशुपक्षी विभाग प्रमुख नुरनिधि न्यौपानेले बन्ध्याकरण कार्य सेवा भावले गर्न आग्रह गर्दै महानगर कुकुरहरूको ’अभिभावक’ बन्न चाहेको बताए ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments