रास्वपाको ‘वृहत् राजनीतिक संवाद’ सुरु, को–को भए सहभागी?
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                             
                                                            काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि भन्दै काठमाडौंको बालुवाटारस्थित एक होटलमा ’वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।
रास्वपाले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि यो छलफल आयोजना गरेको जनाएको छ ।
संवादमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक र नवयुवा पुस्ताका प्रतिनिधिहरू सहभागी छन् ।
रास्वपा उपसभापति वाग्लेका अनुसार, नयाँ राजनीतिक शक्ति, विचारक र अभियन्ताहरूबीच सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावना रहने यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल सुरु गरिएको हो ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments