निर्माण व्यवसायीले अर्थमन्त्रीलाई भने– ठेक्का तोड्ने कार्य रोक्नू
रुग्ण ठेक्का मात्र अन्त्य गर्न सुझाव
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                             
                                                            काठमाडौं । सरकारले ठेक्का तोड्ने सूचना जारी गर्न थालेपछि नेपाल निर्माण व्यवसायी महासंघले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटेर निर्माण उद्योगका समस्या र अव्यवहारिक ऐन–नियम संशोधनका लागि ध्यानाकर्षण गराएको छ ।
महासंघले हचुवाको भरमा ठेक्का तोड्ने कार्य रोक्न माग गरेको छ । यसरी ठेक्का तोड्दा बैंक ग्यारेन्टीको रकम व्यवसायी र बैंकहरूले भुक्तानी गर्न नसक्ने र समग्र निर्माण उद्योग नै कालोसूचीमा परेर समाप्त हुने चेतावनी दिएको छ ।
रुग्ण ठेक्काहरू सुविस्ताका आधारमा मात्र अन्त्य गरिनुपर्ने महासंघको सुझाव छ । जेभी सम्बन्धी समस्या, शान्ति सुरक्षाको प्रत्याभूति, र उपभोक्ता समिति मार्फत हुने निर्माण कार्यको खारेजी पनि महासंघको मुख्य मागमा छ ।
निर्माण उद्योगमैत्री कानुन बनाउन महासंघको सहभागितामा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र पुँजीगत खर्चको श्वेतपत्र जारी गर्नुपर्ने माग पनि अघि सारिएको छ ।
अर्थमन्त्री खनालले अव्यवहारिक ऐन, नियम संशोधनका लागि सम्बन्धित निकायमा निर्देशन दिइसकेको बताएका छन् । यद्यपि, निर्माण कार्य सम्पन्न भएबापतको भुक्तानी नरोकिएको उनले स्पष्ट पारे ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments