प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा तोडफोड

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ganesh-pande-ghar.jpg

काठमाडौं । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ, बेंसीसहरस्थित घरमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति घोर निन्दा गरेको छ ।

महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा यो आक्रमण योजनाबद्ध रूपमा भएको दाबी गरिएको छ ।

गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइएको र त्यसैको निरन्तरता स्वरूप आक्रमण भएको चौतारीको निष्कर्ष छ ।

ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका छन् । विशेषगरी उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको जनाइएको छ ।

चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ ।


Facebook Comments