आज पनि यी तीन प्रदेशमा वर्षा र हिमपात हुने
‘मोन्था’ चक्रावतको प्रभाव कमजोर हुँदै
मेयरसाप डेस्क
|
२ दिन अगाडि
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रावतको प्रभाव कमजोर हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो ।
महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comments