धनगढीबाट काठमाडौंका लागि उडेको जहाजमा प्राविधिक समस्या
मेयरसाप डेस्क
|
१७ घण्टा अगाडि
बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएको छ । आज बिहान १० बजे धनगढीबाट उडेको फलाइट नम्बर २२२ को विमानमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
विमानमा हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो । हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेको थियो ।
आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरु विमानस्थलमा रहेका छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान जाँदैछ।
Facebook Comments