माओवादी केन्द्रको सचिवालय बैठकः एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/unblurimageai-baithak.png

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक केही समय अघि सुरु भएको हो । 

नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । सोही विषयमा छलफल गर्न माओवादीको सचिवालय बैठक बसेको हो ।

बैठकले बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने जनाइएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।

कात्तिक १७ गते माओवादीले आयोजक समितिको बैठक पनि बोलाएको छ ।


Facebook Comments