केपी ओलीलाई झलनाथ खनालको जवाफ–हामी वनमा छैनौं, घरमै छौं

'घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्छ'

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/jhalnath-khanal-mk.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर गएकालाई घर फर्कन गरेको आह्वानको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जवाफ फर्काएका छन् । आज सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गर्दा आफूहरु वनमा नभएर घरमै भएको टिप्पणी गरेका हुन् । 

खनालले घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँहरू समेत राम्रो बनाउनुपर्ने समेत बताए । खनालले ठट्यौली जवाफ दिँदै, ‘हामी कोही पनि वनमा छैनौं । घरमै छौं ।’

खनालले एमालेमा फर्कन ओलीले गरेको आह्वानलाई सकारात्मक रुपमा लिँदै त्यसका लागि ४ वटा शर्त अघि सारेका थिए ।

उनले ती शर्ततर्फ इंकित गर्दै भने, ‘ढोका राम्रोसँग उदांगो पारेर खोल्नुपर्‍यो । बस्ने ठाउँहरू राम्रोसँग बनाउनुपर्‍यो । त्यो भयो भने फर्कन के समस्या भयो र ?’

 


Facebook Comments