माओवादीले एकीकृत समाजवादीसहित यी ७ पार्टीसँग गर्दैछ एकता, संयोजक प्रचण्ड
एकताबारे निर्णय लिन बोलायो केन्द्रीय समिति बैठक
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ७ वटा पार्टीसँग एकता गर्ने भएको छ । पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ। कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको
अब एकता गर्न ढिला गर्न नहुने बैठकले निष्कर्ष निकालेको र थप निर्णय गर्नको लागि १७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या ७ रहेको छ । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
यसका अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको हो ।
वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब टुंगो लागिसकेको र आज प्रावधिक र सांगठनिक कुरामा छलफल भएको सापकोटाले बताए।
नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल चलिरहेको छ ।
Facebook Comments