प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेश प्रस्थान

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/cj-prakashman-singh-raut.jpg

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ । बङ्गलादेशका प्रधानन्यायाधीश डा सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि टोली त्यहाँ प्रस्थान गरेको हो । प्रधानन्यायाधीश नेतृत्वको टोली कात्तिक १८ गतेसम्म त्यहाँ रहनेछ । 

भ्रमण दलमा प्रधानन्यायाधीशसहित अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 


Facebook Comments