पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kulekhani-road.jpg

काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा झर्ने क्रम नरोकिएकाले समस्या भइरहेको उनले जानकारी दिए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।  


Facebook Comments