लन्डनतर्फ जाँदै गरेको रेलभित्र अन्धाधुन्ध च*क्कु प्रहार

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/england-stabbing-incident-1762050318.jpg

काठमाडौं । इंग्ल्याण्डमा डनकास्टरबाट लन्डन किंग्स क्रस जाँदै गरेको रेलभित्र शनिबार साँझ दुई जना पुरुषले अन्धाधुन्ध चक्कु प्रहार गर्दा १० जना यात्रु घाइते भएका छन् ।

क्याम्ब्रिजशायर नजिक पुगेपछि ठूलो आकारको चक्कु निकालेर वरपरका यात्रुहरूमाथि आक्रमण सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था अत्यन्त गम्भीर रहेको ब्रिटिस ट्रान्सपोर्ट पुलिसले जनाएको छ । उनीहरूलाई हवाई एम्बुलेन्ससमेत प्रयोग गरी अस्पताल पुर्याइएको छ ।

ब्रिटिस ट्रान्सपोर्ट पुलिसका प्रमुख सुपरिटेन्डेन्ट क्रिस कासीका अनुसार, हन्टिङडन स्टेशनमा रेल रोकेपछि प्रहरीले विद्युतीय हतियार (टेजर) को प्रयोग गरी दुई जना आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धानका लागि आतङ्कवाद विरुद्धको विभाग पनि खटिएको छ । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले घटनालाई भयानक भन्दै निन्दा गरेका छन् ।


Facebook Comments