मन्त्री घिसिङकाे प्रतिबद्धतासँगै बञ्चरेडाँडामा फोहोर विसर्जन सुचारु
हालसम्मका सहमति कार्यान्वयन गर्ने
मेयरसाप डेस्क
|
१५ घण्टा अगाडि
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विगत चार दिनदेखि अवरुद्ध फोहोर विसर्जन कार्य खुलेको छ ।
स्थानीयले माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि फोहोरका गाडीहरूलाई ल्यान्डफिल साइटमा जान दिएका थिएनन् । समस्या समाधानका लागि मन्त्री घिसिङ आज बिहान बञ्चरेडाँडा पुगेका थिए ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार, मन्त्री घिसिङले स्थानीय बासिन्दा र जनप्रतिनिधिसमक्ष हालसम्म गरिएका सहमतिहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष तामाङले मन्त्री घिसिङले १५ दिनभित्र सहमति कार्यान्वयन नभए विरोध गर्ने अधिकार स्थानीयलाई सुरक्षित रहने बताएको जानकारी दिए । मन्त्री घिसिङको प्रतिबद्धतासँगै काठमाडौं उपत्यकाको फोहोर विसर्जन कार्य सुचारु भएको छ ।
Facebook Comments