बनेपा नगरपालिकामा ‘एक घर, एक धारा’अभियान

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/tap_2.jpg

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’ नाराका साथ ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।

खानेपानी आयोजनाले ६ नम्बर वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप ३५ लाख रुपैयाँ विनियोजना भएको थियो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार उक्त बजेटमध्ये २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न १० लाख रुपैयाँ विनियोजन भएको हो ।

आयोजनाबाट समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरिएको केसीले बताए । उनका अनुसार आयोजनाले वडाका अरनिको राजमार्ग दक्षिण, सिलु–मार्ग पूर्व, खहरे–खोला पश्चिम र अरनिको राजमार्ग उत्तरी क्षेत्रका बस्तीलाई समेट्ने छ । आयोजना डिप बोरिङ तथा स्थानीय पानीका मुललाई स्रोत बनाइएको हो ।

यसैबीच, आयोजना कार्यान्वयनका लागि भैरव केसीको अध्यक्षतामा १७ सदस्यीय उपभाक्ता समिति गठन गरिएको छ । समितिले आयोजना सम्पन्नतालाई तीव्रता दिने जनाएको छ ।


Facebook Comments