कांग्रेस नेता रामहरि खतिवडालाई पितृ शोक
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए ।
उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा नेता खतिवडाले जानकारी दिए ।
स्व.खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए । स्व.खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।
Facebook Comments