कटहरिया नगरपालिकाका १७० कर्मचारीले तीन वर्षदेखि पाएका छैनन् तलब, लगाए कार्यालयमा ताला
पालिकासहित दसवटै वडा कार्यालयमा ताला
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ५ घण्टा अगाडि
                            रौतहट। रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीले तीन वर्षदेखि तलब नपाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन् । दैनिक ज्यालादारीमा भर्ना भएका झन्डै १७० कर्मचारीले तीन वर्षदेखि तलब नपाएको भन्दै पालिकासहित दसवटै वडा कार्यालयमा ताला लगाएका हुन् ।
लामो समयदेखि तलब निकासा नगरेको भन्दै आक्रोशित बनेका उनीहरुले कात्तिक १२ गते देखि तालाबन्दी गरेका हुन् ।
समस्या समाधान हुनुको साटो बल्झिन थालेपछि प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले भने जिल्ला नै छाडेका छन् । उनी अहिले बिदा लिएर काठमाडौंमा बसेका छन् ।
तालाबन्दीपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प हुँदा नगरबासीका दैनिक कामकाग समेत रोकिएको छ ।
ताला लगाउने कर्मचारीहरुले तलब नपाएसम्म ताला नखोल्ने अडान लिँदै आएका छन् । नगर प्रमुख अजय प्रकाश जयसवालले ज्यालादारीका कर्मचारीले तलब पाउनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताए । उनले समस्या समाधान गरेर चाँडै कार्यालय खुलाउने बताएका छन् ।
                        
                                            
                                            
                                            
                                            
                                            
                                            
                    
Facebook Comments