शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाइएन बरु बाजा बजाउन लगाइयो, अनि के भयो ?
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ६ घण्टा अगाडि
                            ब्रिटेनकी एक महिलाको पार्किन्सन्स् रोगको शल्यक्रियाको समयमा उनलाई चिकित्सकहरुले बाजा बजाउन लगाएका छन् । ईस्ट सेक्सेसको क्रोबोरोकी बासिन्दा डेनिस बेकनको लण्डनस्थित किङ्स कलेज हस्पिटलमा भएको चार घण्टा लामो अप्रेसनको समयमा उनलाई क्ल्यारिनेट बजाउन लगाइएको हो ।
अस्पतालले गत अक्टोबर २१ मा विज्ञप्ति जारी गर्दै उक्त घटना सम्बन्धि जानकारी गराएको हो । पार्किन्सन्स् रोगका कारण बेकनलाई हिँडडुल गर्न, नाच्न, पौडी खेल्न र बाजा बजाउन निकै गाह्रो हुन थालिसकेको थियो। पार्किन्सन्स् भएकाले मस्तिष्कको शल्यक्रिया गराउँदा क्ल्यारिनेट बाजा बजाउन लगाएपछि औंलाहरु राम्ररी र चाँडोचाँडो चलेको र निकै गज्जबको अनुभूति भएको उनले आफैं बताएकी छन् ।
शल्यक्रियाको नेतृत्व गर्ने चिकित्सकका अनुसार बेकनको प्रिय बाजा बजाउन सक्ने क्षमतामा सुधार गर्नका लागि मस्तिष्कभित्र जडान गरिएका इलेक्ट्रोडलाई राम्ररी प्रतिस्थापन गर्न उनलाई शल्यक्रियाको समयमा अचेत नबनाएर पूरै अवधिमा बाजा बजाउन लगाइएको हो ।
डेनिस बेकन पहिलेदेखि संगीतप्रेमी थिइन् र क्ल्यारिनेट बजाउने उनको विशेष रुचि रहेको थियो। शल्यक्रियापछि उनले फेरि बाजा बजाउन र सामान्य गतिविधिहरू गर्न सक्षम भएको चिकित्सकहरूले बताएका छन्।
                        
                                            
                                            
                                            
                                            
                                            
                                            
                    
Facebook Comments