Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

माओवादी त्यागेर जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान, नेपाल’

नयाँ समाजवादी बाटो विकास गर्ने घोषणा

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १९ गते १६:१९
Image of https://mayorsap.com/storage/photos/shares/janardan-sharma_1.jpg

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिवजनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरेका हुन् ।

उनले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शर्माले नेपालमा विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे ।

शर्माले भने, ’विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।’


पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।


Facebook Comments