प्रहरीले भन्यो– अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो, सचेत रहनुहोला
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ । काठमाडौं प्रहरी परिसरले एक सूचना जारी गर्दै अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जानकारी गराएको छ ।
नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
Facebook Comments