करार कर्मचारीका लागि आवेदन दिन काठमाडाैं महानगरकाे आह्वान
मेयरसाप डेस्क
|
५ घण्टा अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक तथा सुरक्षा कार्यका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न औपचारिक सूचना प्रकाशित गरेको छ । महानगरपालिकाले विभिन्न पदहरूमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार, यो पदपूर्ति प्रक्रिया बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ तथा काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ को व्यवस्थाबमोजिम अगाडि बढाइएको हो ।
महानगरपालिकामा रिक्त रहेका तीन मुख्य पदहरूका लागि कर्मचारी माग गरिएको छ । ती पदहरूमा नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी रहेका छन् ।
योग्यता पुगेका र महानगरपालिकामा सेवा गर्न इच्छुक नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गरिसक्नुपर्ने म्याद तोकिएको छ । तोकिएको समयावधिभित्र सम्बन्धित प्रक्रिया पूरा गरी आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ ।
Facebook Comments