अदानचुलीकाे छत्रपाल आधारभूत विद्यालयमा भीषण आगलागी

भवनसहित सबै कागजात जलेर नष्ट

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/school.jpg

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयको भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

बुधबार राति करिब ८ बजे माथिल्लो तलाको झ्यालबाट आगो लाग्न सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

विद्यालयको मूल गेट नजिकै रहेको, जहाँ कार्यालय कोठा (अफिस) समेत रहेको थियो, सो भवन पूरै जलेर खरानी भएको छ । आगलागीबाट विद्यालयका सम्पूर्ण महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।

प्रहरीका अनुसार, भवनसँगै विद्यालयमा रहेका सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, दुईवटा प्रिन्टर, दुईवटा दराज लगायतका भौतिक सामग्रीहरू पनि जलेर नष्ट भएका छन् ।

क्षतिको थप विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments